भीमदत्त उपप्रमुख लेखक ः सिएमसी नेपालको कार्य उत्कृष्ट रहेको छ

महेन्द्रनगर ।भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले सिएमसी नेपालले गरेका कार्यहरु उत्कृष्ट रहेको बताउनु भएको छ । सिएमसी नेपाल र भीमदत्त नगरपालिकाको साझेदारीमा युएनएफपिएको आर्थिक सहयोगमा सञ्चालित सशक्त महिला समृद्धि नेपाल कार्यक्रम अन्तरगत पालिका स्तरीय समन्वय तथा बहुपक्षिक सहकार्य बैठकलाई सम्बोधन गर्दै उहाँले यो कार्यक्रमले धेरै हिँशा प्रभावित महिलाहरु लाभान्वित रहेको बताउनु भयो ।

भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १४ र १९ मा सञ्चालनमा रहेको छ । उपप्रमुख लेखकले अझै पनि हिँशामा परेर प्रभावित भएका महिलाहरु खुलेर बाहिर आउन नसकेको बताउनु भयो ।

हामी सबैले अहिले पनि धेरै कार्य गर्न बाँकी रहेको र प्रभावित महिलाहरुलाई सम्झाई बुझाई गरेर उनिहरुलाई बाहिर ल्याएर न्याय दिनमा साथ दिन आग्रह गर्नु भयो ।

हिँशामा परेका महिलाहरुलाई अपनत्वको महसुस गराएर पालिकामा रहेका सबै शाखाहरुले पनि यो क्षेत्रमा विषेश चासो देखाएर काम गर्न निर्देशन दिनु भयो । मानसिक, शाारिरिक हिँशामा परेकाहरुलाई उनिहरुले पाउने सेवा सुविधा वा न्याय उपचार कसरी पाउन सकिन्छ ? कहाँ गएर पाउँन सकिन्छ ? भन्ने विषयमा जानकारी दिन आवस्यक रहेको बताउनु भयो ।

सि एम सी नेपालका वरिष्ठ मनो सामाजिक परामर्शकर्ता जानकी चन्दले जानकारी यो कार्यक्रम पालिकाको भएको हुँदा पालिकाबाट विषेश साथ र सहयोगको आवस्यक्ता रहेको बताउनु भयो ।

विगत एक वर्षदेखि कञ्चनपुरको भिमदत्त नगरपालिका र बेलौरी नगरपालिकामा संचालित यो संस्थाले समुदायमा र विद्यालयमा लैङ्गिक हिंसा र सेवा प्रदायक निकाय सम्बन्धित जनचेतनामूलक कार्यक्रम, ओसिएमसि सेवा बारे जानकारी, प्रदान गरेको बताउनु भयो ।

लैङ्गिक हिंसा भै मानसिक स्वास्थ्यमा समस्या भएका प्रभावित लाई मानसिक रोग विशेषज्ञबाट उपचार सेवाहरु प्रदान गर्ने, अहिलेसम्म ओसिएमसीमा पुगेका संख्या ३१८जना जसमध्ये भीमदत्त नगरपालिकाबाट १४९ जनाले सेवा प्राप्त गरेको उहाँले जानकारी गराउनु भयो ।

समुदायमा सचेतनामुलक कार्यक्रमबाट सामुदायिक मनो सामाजिक कार्यकर्ताले १३७ जना पहिचान गरी सेवा उपलब्ध गराएको छन् तिनै वटा वडामा ६ हजार ५ जनालाई लैङ्गिक हिंसा सेवा प्रदायक निकायको जानकारी लैङ्गिक हिंसाका असर प्रभाव बारे जानकरी गराइएको थियो ।

भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यतामा वडा नम्वर ९, १४ र १९का वडा अध्यक्ष हरु, गैरसरकारी संस्था, समाजसेवी, जिल्ला प्रहरी कार्यालय, नगरपालिकाको महिला बालबालिका शाखा, रोजगार शाखा, विपद शाखा, लेखा शाखा, शिक्षा स्वास्थ्य शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.