महेन्द्रनगर । डडेल्धुरामा आशा र भरोशाका केन्द्र विन्दुको रुपमा रहेका समाजसेवी विनय प्रकाश मल्लले दिनदुखी, गरिव, दलित, एकल महिला, जेष्ठ नागरिक, शिक्षा, स्वास्थ्य, धार्मीक कार्य, लगायतमा मात्रै नभएर आफनो कला रहनसहन संस्कृतीको जेगर्ना गर्न सहयोग गर्दै आइृरहनु भएको छ ।
घाउमा जसरी औषधी र मलहमले राहत महसुस गराँउछ, त्यसरी नै समाजसेवी मल्लले दिनदुखी गरिब, विपन्नको क्षेत्रमा उनिहरुको दुखमा मलहम लगाएर उनिहरुलाई राहत महसुस गराई रहनु भएको तपाई हामीलाई अवगत नै छ ।
अहिले फेरी विजयादशमी तथा शुभ दिपावलीको अवसरमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नंम्बर ९ का विपन्न, गरिव तथा सहारा विहिन लाई युवा समाजसेवी विनय प्रकाश मल्लले खाद्यान्न सहयोग गरेका छन् । अमरगढी नगरपालिका वडा नंम्बर ९को हतर्क, पनौली, ढकाउली, रोखला गाँउ , ढाँटगाँउ, लटसेरा, झुकालगाँउ, चमाल्लेख, साउनगाँउ का जम्मा ४३ परिवार लाई चामल, दाल, नुन, सावुन, तेल वितरण गरिएको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका वडा नंम्बर ४ स्थायी घर भई हाल रोजगार तथा व्यवसायको सिलसिलामा जापानको टोकियोमा रहेका युवा समाजसेवी विनय प्रकाश मल्लले व्यक्तिगत तर्फ बाट खाद्यान्न सामाग्री सहयोग उपलब्ध गराएका हुन ।
समाजसेवी विनय प्रकाश मल्लको तर्फ बाट आमा बशन्ति देवी मल्ल मल्लले खाद्यान्न सामाग्रीहरु वितरण गर्नुभएको थियो । उनी लामो समय देखि डडेल्धुराका विभिन्न सामाजिक कार्यमा सहयोग गर्दे आएका छन् ।
Comments are closed.