महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुरमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–४ का डम्बर पनेरुको छोरा ३ वर्षको लक्की पनेरुलाई सर्पले टोक्दा मृत्यु भएको हो । उनलाई आफ्नै घरमा सुतेको अवस्थामा सर्पले टोकेको थियो ।
सर्पले टोकेपछि उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी लगिएको भएपनि उपचार क्रममा सोमबार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Comments are closed.