महेन्द्रनगर । कैलालीमा जिपको ठक्करबाट उक जनाको मृत्यु भएको छ । आइतबार बिहान तरकारी बोकेको लु २ च २३५८ नम्बरको जिपले ठक्कर दिदा बर्दगोरिया गाउँपालिका–६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु भएको छ भने, अन्य तीन जना घाइते भएका छन् । उक्त घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन ।
कैलालीको घोडाघोडी नगरपालिका–२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।उनीहरुले दोषीलाई कारवाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहानैदेखि राजमार्ग अवरुद्ध गरेपछि सवारी साधन आवागमन रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर जोराले बताए ।
उनकाअनुसार स्थानीयको अवरोधका कारण विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन साडेपानीमा रोकिएका छन् । जिप चालकलाई भने प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो ।
जिपको ठक्करबाट घाइते भएका तीन जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ ।उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर छ ।
Comments are closed.