वेदकोटकी निर्मला अवश्थीले अटो चलाएर परिवार धान्दै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ४ वैतडा की निर्मला अवश्थीले अटो चलाएर राम्रो आम्दानी गर्न सफल भएकी छिन् । विगतको दिनमा भातको बेङगलोरमा आफनो परिवारसहित काम गर्न पुगेकी उनले धेरै दुख खेप्नु परेको थियो ।

श्रिमान र आफु दुवैजनाले काम गरेपनि खान नपुग्ने, काम गरेपनि पैसा नपाईने, काम गरेको ठाँउबाट पैसा दिन नमान्ने, धेरै दुख र कष्टका विचमा आफनो परिवारसंग भारतमा मजदुरी गरीरहेकी अवश्थीले आफनै देशमा केही उद्यम गर्न पाए हुने भन्ने विचार मनमा रहेको थियो ।

भारतमा रहेकी उनी केही समय पश्चात गाँउमा फर्किएर आईन, गाँउमा राष्ट्रिय वातावरण तथा सम विकास समाज नेपाल (निड्स नेपाल) ले दिगो आम्दानीद्धारा महिला उद्यमीहरुको शसक्तिकरण परियोजना दोस्रो चरण अन्तरगत रहेर महिलाहरुको समुह निर्माण गरीरहेको छ भन्ने जानकारी पाईन, त्यो बेलामा संस्थाले हरियाली महिला शसक्तिकरण समुहको निर्माण गरेपछि उनी पनि उक्त समुहमा आवद्ध भईन् ।

विभिन्न तालिम पाएपछि आफैले केही उद्यम गर्नुपर्छ भन्ने विचार आएपछि उनले अटो संचालन गर्ने योजना बनाईन, तर आफु संग अटो किन्नका लागि पैसा थिएन, गाँउमा रिण सापटी गरेर उनले अटो किन्ने विचार गरीन, रिण निकालेर पनि अटो किन्ने रकम नपुगेपछि समुहमा आफनो समस्या र काम गर्ने ईच्छा राखेपछि संस्थाले पनि उनलाई केही रकम सहयोग गरेपछि अहिले उनले अटो किनेर चलाई रहेकी छिन् ।

अहिले भारतमा रहेका आफना श्रिमानलाई पनि घरमा बोलाएर काममा लगाएको निर्मला अवश्थीले बताउनु भयो । उहाँको श्रिमानसंग गाडी चलाउने सिप रहेको भएर अहिले श्रिमानले पनि गाडी चलाउने काम पाएपछि दुवैजनाले अहिले आफनै गाँउमा रोजगार पाएका छन् ।

विहान उठेर उहाँले गाँउमा रहेको सुदूरपश्चिम नमुना बहुउदेश्यीय सहकारीमा गाँउका किसानले दुध बेच्ने गरेका छन् । उक्त सहकारीमा संकलन भएको दुधलाई अटोमा राखेर बजारमा रहेका विभिन्न डेरीमा पुय्राउने काम गर्नु हुन्छ  सहकारीले मासिक रकम दिने गरेको छ, साथै डेरीमा दुध पुय्राएपछि विद्यालयमा विद्यार्थीहरु पनि पुय्राउने र त्यताबाट पनि आम्दानी हुने गरेको छ

भने, दिउँसो सवारी ओसारपसार गर्ने सामग्रीहरु बोक्ने गरेको र त्यहाँबाट पनि आम्दानी हुने गरेको निर्मला अवश्थीले बताउनु भयो । मासिक १० देखी १२ हजार बचत गर्ने गरेको र आफनो रिण,घर खर्च,छोराछोरीलाई पढाउने सबै खर्च अटोले दिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.