एमाले अध्यक्षमा ओली तेस्रो पटक निर्वाचित

महेन्द्रनगर । एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।ओली १ हजार ९९ मतले विजयी भएका हुन् ।

उनले १ हजार ६ सय ६३ मत ल्याए भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे ।पूर्वमहासचिवसमेत रहेका पोखरेल अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यसअघि ओली काठमाडौंमा २०७१ मा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपल्ट अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि २०७८ मा सौराहा महाधिवेशनबाट उनी दोस्रो पटक अध्यक्ष चुनिए ।

२०६५ मा बुटवलमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।निर्वाचनमा २ हजार २ सय २७ मत खसेको थियो ।

११औं महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित भएका थिए । पदाधिकारीको अधिकांश पदमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
१९ पदाधिकारीमा प्रतिस्पर्धीको मत
अध्यक्ष (१)
केपी शर्मा ओली ः १६६३ (विजयी)
ईश्वर पोखरेल ः ५६४ (पराजित)
उपाध्यक्ष (५)
पृथ्वीसुब्बा गुरुङ ः १७३७ (विजयी)
विष्णुप्रसाद पौडेल ः १६७५ (विजयी)
रामबहादुर थापा बादल ः १५१६ (विजयी)
गोकर्णराज विष्ट ः १३६८ (विजयी)
रघुजी पन्त ः १२५८(विजयी)
गुरुप्रसाद बराल ः ११३७ (पराजित)
बिन्दा पाण्डे ः ९२१ (पराजित)
परशुराममेघी गुरुङ ः ४६१ (पराजित)
अरुण नेपाल ः ४३९ (पराजित)
टकंप्रसाद कार्की ः ३५८ (पराजित)
भीमप्रसाद आचार्य ः २६५ (पराजित)
महासचिव (१)
शंकर पोखरेल ः १२२८ (विजयी)
सुरेन्द्रप्रसाद पाण्डे ः ९९९ (पराजित)
उपमहासचिव (३)
लेखराज भट्ट ः १४५२ (विजयी)
रघुवीर महासेठ ः १३६८ (विजयी)
योगेस भट्टराई ः १३४८ (विजयी)
विष्णुप्रसाद रिमाल ः १०९१ (पराजित)
आनन्दप्रसाद पोख्रेल ः ६३५ (पराजित)
वैजनाथ चौधरी ः ५१७ (पराजित)
राजेन्द्रप्रसाद गौतम ः २७० (पराजित)
सचिव (९)
महेश बस्नेत ः १५४४ (विजयी)
पद्माकुमारी अर्याल ः १५३० (विजयी)
छविलाल विश्वकर्मा ः १५०६ (विजयी)
शेरधन राई ः १५०३ (विजयी)
हिक्मतकुमार कार्की ः १३३७ (विजयी)
खगराज अधिकारी ः १२३१ (विजयी)
यमलाल कँडेल ः ११८५ (विजयी)
राजन भट्टराई ः ११८१ (विजयी)
भानुभक्त ढकाल ः ११०८ (विजयी)
गोकुलप्रसाद बासकोटा ः १०३० (पराजित)
ठाकुरप्रसाद गैरे ः ८८३ (पराजित)
रचना खड्का ः ८७७ (पराजित)
कर्णबहादुर थापा ः ८४७ (पराजित)
अग्निप्रसाद खरेल ः ७१६ (पराजित)
विनोदप्रसाद ढकाल ः ६८४ (पराजित)
कृष्णगोपाल श्रेष्ठ ः ६२५ (पराजित)
लालबाबु पण्डित ः ४९६ (पराजित)
पेम्बा लामा ः ४९३ (पराजित)
पुरुषोत्तम पौडेल ः ४६२ (पराजित)
इन्द्रलाल सापकोटा ः ४०५ (पराजित)

सम्बन्धित

Comments are closed.