वेदकोट ५ धरमपुरकी शारदाले बत्ती कातेर घरधन्दा धान्दै, राम्रो भाउ नपाएर दुखी

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका ५ धरमपुरकी शारदा उपाध्यायले पूजाआजामा प्रयोग गरिने धागो र कपासबाट बत्ती (ज्योति) बनाएर आत्मनिर्भर भएकी छिन् । यो काम उपाध्यायका लागी घरव्यवहार चलाउने राम्रो माध्यम मात्रे बनेको छैन, उनले आफने गाँउकी १५ जनालाई रोजगारी पनि दिएकी छिन् ।

उमेरले ४० पुरा भएकी उनी आत्मनिर्भर बन्न पाउँदा मुहारमा खुशी देखिन्छ । जाडोमा घाम ताप्दै र गर्मीमा शीतलमा बस्दै उनी बत्ती कात्न व्यस्त हुन्छिन् । ‘खेतबारीमा गएर सबै काम गर्न भ्याएर यो काम गनृ सकिने उनले बताईन् ।

बाँच्नको लागि पैसा चाहियो’, उनले भनिन्, ’श्रिमानको कमायृले मात्रै नपुग्ने त्यसैले बत्ती कातेरै घर व्यवहार चलाउँदै आएकी छु ।’ उनका दुई छोरा र एक छोरी छन् । अहिले अरुसंग पेसाको लागी हात थाप्नु नपर्ने उनले बताईन् ।

श्रिमान भारतमा रोजगारीको लागी गएको भनेको बेलामा पैसा पनि नहुने भएपछि आफैले यो व्यवसाय सुरुवात गरेको उनले बताईन् ।

उनलाई यो व्यवसायको लागी प्रेरणा दिने भनेको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशी रहेको उनले बताईन ।

“सुरुमा उपप्रमुख जोशीले पनि यसरी नै बाता बनाउने तर आफनो प्रयोगका लागी मात्रै अनी मलाई पनि उहाँले बनाउनु बजारीकरण हामी गरीदिन्छु भन्नु भयो” उनले भनिन, “त्यसपछि, आफैले बनाएर वैजनाथ महिला सहकारी मार्फत विक्री गरीयो, अहिले आफैले बजारमा लगेर बेच्ने गरेकी छु” अहिले घरखर्च, स्वास्थ्य उपचार लगायतको खर्च यसैबाट हुने गरेको छ ।

कसैसंग माग्नु पर्दैन , हात थाप्नु पर्दैन तर मिहिनेत अनुसारको बजार भाउ नपाएको उनले दुखेसो गरीन, “एक लाख बत्ती बनाएको ३ हजार मात्रै पाईन्छ त्यो बनाउन पुरै एकहप्ता लाग्ने गर्दछ, बजारमा आफनो मिहिनेत अनुसारको भाउ पाईदैन” । यो आम्दानीले घर व्यवहार चलाउन समस्या नभएको उनको भनाइ छ ।

अहिले रेट अलि सस्तो छ आम्दानी हुन्छ तर कम हुन्छ, उनीहरूसँग बत्ती तयार हुनासाथ आफैले बजारमा लगेर बेचने गरेको उनले बताईन पुजा समग्र िपाईने व्यापारीहरुले किन्ने गरेको उनले बताईन ।

कोही घरमा पनि आउने ग्राहकले पूजाआजाका लागि किनेर लगिहाल्छन् । ’अर्डर’अनुसार बत्ती बनाउन नसकेको सुनाउँदै उनले भनिन, ‘धनगढी, नेपालगञ्ज, काढमाण्डौसम्म पनि लेजाने गरेको उनले बताईन ।

बजारमा मेसिनले बनाएका भन्दा हातले बनाएका बत्तीको माग रहेको उनी बताउँछिन् । विधिपूर्वक बनाउने हुनाले आफूले बनाएका बत्तीको माग बढेको उनको बुझाइ छ ।

 

सम्बन्धित

Comments are closed.