भीमदत्तमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानबारे समन्वयात्मक वैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा सरोकारवालाहरूसँग समन्वयात्मक वैठक सम्पन्न गरेको छ। भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखकको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लामा बालबालिका तथा महिलाहरुको क्षेत्रमा क्रियाशील विभिन्न गैरसरकारी संघसंस्था, जिल्ला प्रहरी कार्यालयलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

साथै संस्थाहरुको वार्षिक कार्यक्रम के छ ? प्रगती सहितकोसमिक्षा कार्यक्रममा गरिएको थियो । आगामी मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यले वैठकको आयोजना गरिएको हो।

कार्यक्रममा अभियानका क्रममा सञ्चालन गर्न सकिने विभिन्न गतिविधि, संघसंस्थाहरूसँग उपलब्ध कार्यक्रम तथा स्रोतसाधन र अभियानलाई सफल बनाउन आपसी समन्वय तथा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो।

संस्थाका प्रतिनिधीहरुले आफनो संस्थाले गर्दै आएका कार्यक्रमहरु अभियानका कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गरेका थिए । लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तह, सरकारी निकाय, गैरसरकारी संघसंस्था तथा समुदायबीच सहकार्य र समन्वय आवश्यक रहेको सभाध्यक्ष लेखकले बताउनु भयो ।

साथै, हिंसापीडितको संरक्षण, न्यायमा पहुँच सुनिश्चित गर्ने तथा लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड रहेको थियो ।

भीमदत्त नगरापलिकाको महिला तथा बालबालिका शाखाकी महिला अधिकृत कुन्ती लेखकले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको बताउनु भयो ।

उक्त अभियानलाई सफलता पूर्वक सम्पन्न गर्न र भीमदत्त नगरपालिकामा रुहेका १९ वटै वडामा के करिप् कार्यक्रम गर्न सकिन्छ भनेर पनि छलफल भएको बताउनु भयो ।

यस वर्षको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ रहेको छ।

अभियानलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी समुदायस्तरसम्म पुर्‍याउँदै लैङ्गिक हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता र व्यवहारिक पहल आवश्यक रहेको छ।

सम्बन्धित

Comments are closed.