बेतडी जिप दुर्घटना ः मृतकको परिचय खुल्यो

महेन्द्रनगर । बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिगास गाउँपालिका १ बस्ने २४ बर्षीय निसान्त बोहरा, सिगास कै २८ बर्षीय भान देव भट्ट, डडेल्धुराको आलिताल गाउँपालिका ३ बस्ने १३ बर्षका राकेश रावल रहेको प्रहरीले जनाएको छ ।

पाटन नगरपालिका ८ को विजयपुर नजिकै झैलेक भिरमा सुर्नया गाउँपालिका(६ को मोतिनगरबाट डडेल्धुरातर्फ जादै गरेको म १ ज २२४ नम्बरको जिप आज बिहान करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।

थप विवरण आउन बाँकी छ ।

सम्बन्धित

Comments are closed.