डिस्ट्रिक म्याथम्याटिकल ओलम्पियाडमा ईन्टरनेशनल पब्लिक स्कुलको बर्चस्व

महेन्द्रनगर । डिस्टिक म्याथम्याटिकल ओलम्पियाडमा ईन्टरनेशनल पब्लिक स्कुलको बर्चस्व रहेको छ । शनिवार आयोजना भएको डिस्टिक म्याथम्याटिकल ओलम्पियाडमा ईन्टरनेशनलले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

ईन्टरनेशनल पब्लिक स्कुल, रेडियन्ट सेकेन्डरी स्कुल, लिटिल बुद्ध एकेडेमी, मर्निङ ग्लोरी सेकेन्डरी स्कुल, श्री महेनद्रनगर नमुना मावी, र ज्ञान वाटिका सेकेन्डरी स्कुलको सहभागिता रहेको उक्त प्रतियोगितामा ईन्टरनेसनल प्रथम भएको हो ।

४० जना विद्यार्थीहरु सहभागिता रहेको उक्त प्रतियोगितामा ३५ जना प्रोभिन्स लेबल म्याथम्याटिकल ओलम्पियाडको लागी छनौटमा परेका छन् । म्याथमेटिक्स एसोसिएसन अफ इन नेपालको आयोजनामा डिस्टिक म्याथम्याटिकल ओलम्पियाड देशैभरमा सम्पन्न भएको छ ।

कञ्चनपुर बाट छानिएकाहरुले प्रोभिन्स लेबल म्याथम्याटिकल ओलम्पियाडमा भाग लिने छन् साथै नेशनल लेबल म्याथम्याटिकल ओलम्पियाडमा पनि विजेताले चाईनामा आयोजना हुने ईन्टरनेशलन लेबल म्याथम्याटिकल ओलम्पियाडमा भाग लिने

ईन्टरनेशनल पब्लिक स्कुल संचालक समिति सदस्य र प्रोभिन्स लेबल म्याथम्याटिकल ओलम्पियाडको प्रदेश सदस्य नगेन्द्र प्रशाद कलौनीले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.