निङ्गलाशैनी विकास समाजको २३औँ साधारणसभा सम्पन्न, अध्यक्षमा पशुपति प्रसाद भट्ट सर्वसम्मत

महेन्द्रनगर। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका (१८ गोबरैयास्थित रहेको निङ्गलाशैनी विकास समाजको २३औँ साधारणसभा तथा निर्वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सनिवार सम्पन्न साधारणसभा बाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। जसमा पशुपति प्रसाद भट्ट अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा यज्ञराज भट्ट, सचिवमा गणेश प्रसाद भट्ट, सहसचिवमा वीरबहादुर चन्द तथा कोषाध्यक्षमा प्रकाश नाथ रहेका छन्। भने त्यसैगरी सदस्यहरूमा दिलबहादुर धामी, गोपाल चन्द, सन्तोष चन्द, हरिश चन्द, अभिषेक भट्ट र अभिषेक बोहरा रहेका छन् ।

समाजका अध्यक्ष गणेशबहादुर चन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्माण व्यवसायी संघ कञ्चनपुरका निवर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्ट प्रमुख अतिथि तथा निङ्गलाशैनी सहकारीका कार्यकारी प्रमुख प्रेमसिंह भाट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा समाजसेवी तथा अग्रज व्यक्तित्व भानदेव भट्ट, कञ्चनपुर ब्याडमिन्टन संघका उपाध्यक्ष दिलबहादुर धामी लगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै कञ्चनपुर जिल्ला फुटबल संघका सदस्य महेश चन्द फुटबल संघको तर्फबाट निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुनुभएको थियो।

साधारणसभाले संस्थाको विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजना, सामाजिक एकता, विकास निर्माण तथा समुदायको हितका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नवनिर्वाचित अध्यक्ष पशुपति प्रसाद भट्टले समाजप्रति व्यक्त गरिएको विश्वासका लागि सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै समुदायको विकास, सामाजिक सद्भाव र संस्थागत सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो। साधारणसभाको सफलतापूर्वक सम्पन्नतासँगै निङ्गलाशैनी विकास समाजले नयाँ नेतृत्वमार्फत समुदायको समग्र विकास र समृद्धिको यात्रालाई थप गतिशील बना

सम्बन्धित

Comments are closed.