कञ्चनपुरमा बालविवाह न्यूनीकरण तथा युवतीहरूको आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले सीपमूलक तालिम सञ्चालन गरिएको छ । भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका ६६ जना युवतीलाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गरिएको हो ।
Plan International Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल peswan द्वारा सञ्चालित Resilient Future Ending Child Marriage Program अन्तर्गत १८ देखि २४ वर्ष उमेर समूहका युवतीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिममा तरकारी खेती, मसला खेती, कुखुरापालन, च्याउ उत्पादन तथा बंगुर पालनसम्बन्धी व्यावहारिक सीप सिकाइने आयोजकले जनाएको छ ।
ग्रामीण क्षेत्रमा आर्थिक अवसरको कमीका कारण बालविवाह हुने समस्या कायम रहेकाले युवतीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममार्फत सहभागी युवतीहरूले सीप सिकेर आफ्नै गाउँमा साना व्यवसाय सञ्चालन गर्न सक्ने र आम्दानीको स्रोत सिर्जना हुने अपेक्षा गरिएको छ।
यसले दीर्घकालीन रूपमा बालविवाह न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकको छ । स्थानीय सरोकारवालाहरूले यस्ता कार्यक्रमले समुदायमा सचेतना वृद्धि भई सामाजिक परिवर्तनमा टेवा पुग्ने बताएका छन्।
Comments are closed.