कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा बजार क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा बजार क्षेत्रलाई लक्षित गर्दै सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार वातावरण स्वच्छ राख्ने तथा फोहोर व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारी, नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना, व्यवसायी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।सहभागीहरूले बजार क्षेत्र, सडक किनार तथा सार्वजनिक स्थलहरूमा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरेका थिए ।

संघका अध्यक्ष दिनेश मल्लले सरसफाई अभियानले वातावरणीय स्वच्छता मात्र होइन, समाजमा सकारात्मक सन्देश समेत प्रवाह गर्ने उल्लेख गर्नुभयो ।

“हामी सबैले आ–आफ्नो ठाउँबाट सरसफाईमा ध्यान दिए मात्र स्वच्छ र सुन्दर शहर निर्माण सम्भव हुन्छ,” उहाँले भन्नुभयो । संघले आगामी दिनमा पनि यस्ता सामाजिक तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

साथै, सर्वसाधारणलाई फोहोर जथाभावी नफाल्न तथा आफ्नो वरपरको वातावरण सफा राख्न आग्रह गरिएको छ ।

सम्बन्धित

Comments are closed.