उत्थानशील युवा सञ्जालद्वारा वेदकोटमा आगलागी पार्कीको परिवारलाई सहयोग

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–५, पोल्खरीका आगलागी पीडित परिवारलाई उत्थानशील युवा सञ्जाल वेदकोटले सहयोग प्रदान गरेको छ । स्थानिय मानविरे पार्कीको घरमा आगलागी हुँदा सबै सामान पूर्णरुपमा जलेर नष्ट भएको थियो ।

केही दिन अघि मात्रै भएको आगलागीबाट पीडित बनेको परिवारलाई सञ्जालले राहत स्वरूप ओढ्ने–ओछ्याउने सामग्रीहरू हस्तान्तरण गरेको हो । उत्थानशील युवा सञ्जाल मा रहेका २०देखी २२ जना सदस्यहरुले २०० उठाएर उक्त सामग्रीहरु खरीद गरेको सञ्जालकी संयोजक कामना जोशीेले बताउनु भयो ।

संयोजक जोशी र सदस्यहरूको सक्रियतामा पीडित परिवारलाई सिरक, गद्दा, सिरानी र तन्ना जस्ता आवश्यक सामग्रीहरू प्रदान गरिएको छ ।

आगलागीबाट घरायसी सामान बाख्रा, गाई सबै जलेको अवस्थामा केही भएपनि राहत होस भनेर यो सहयोग गरीएको संयोजक जोशीले बताउनु भयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चित्र देव भट्टको समेत उपस्थित रहेको थियो ।

वडा अध्यक्ष भट्टले सञ्जालले पीडित परिवारलाई थप राहत पुर्याउन सहयोग गरेको आर्थिक अवस्था दयनिय रहेको यो पिडित परिवारलाई संघसंस्था र व्यक्तिहरूलाई पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गर्नु भयो ।

यो पिडाको समयमा केही भएपनि आफुलाई सहयोग गर्नुहुने सबैलाई पिडित पार्कीले धन्यवाद व्यक्त गर्नु भयो ।

सम्बन्धित

Comments are closed.