महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले ३४औँ बार्षिक साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
आईतवार आफनो संस्थाको ३४औँ बार्षिक साधारण सभाको अवसरमा संस्थाको तर्फ बाट कंचनपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष जंग बहादुर मल्ल, व्यावसाय तर्फ केशव राज पन्त, मनिराम पाण्डे, शिक्षा तर्फ श्याम सिह मौनि, पत्रकारिता तर्फ महादेव अवस्थी, र खेलकुद तर्फ बिमल खडायतलाई सम्मानगरेको हो ।
कञ्चनपुरका युवा पत्रकार महादेव अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार पाईएको छ । कञ्चनपुर उद्योग वाणिज्य सघले पत्रकार अवस्थीलाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
आईतबार संघको ३४औँ बार्षिक साधारण सभाको अवसरमा पत्रकार अवस्थीलाई दोसल्ला, नगदका साथै प्रमाण पत्र प्रदान गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासघका केन्द्रीय अध्यक्ष चन्द्र प्रकास ढकाल, वाणिज्य संघका जिल्ला अध्यक्ष दिनेश मल्लले पत्रकार अवस्थीलाई नगद ५१ सय, प्रमाणपत्र प्रदान गरेका हुन ।
आर्थिक क्षेत्रमा समाचार सम्प्रेषण गरेर अर्थव्यापारमा टेवा पु¥याएको भन्दै पत्रकार अवस्थीलाई पुरस्कार प्रदान गरिएको वाणिज्य संघका महासचिव राहुल भट्टले बताए ।
अन्नपुर्ण राष्ट्रिय दैनिक, राष्ट्रिय समाचार समिति(रासस) कञ्चनपुरका समाचारदाता अवस्थी दशक देखि पत्रकारिता क्षेत्रमा सकृय छन ।
नेपाल पत्रकार महासंघका साधारण सदस्य समेत रहेका पत्रकार अवस्थी आर्थिक, समसामयिक विषयमा विषय उठान गर्दै आएका छन ।
बेदकोट कञ्चनपुरका स्थानीय समेत रहेका पत्रकार अवस्थी अध्ययनसंगै पत्रकारिता गर्दै आएका छन । आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका अवस्थीले पुरस्कारबाट थप कार्य क्षेत्रमा उत्साह थपिदिएको बताए ।
वाणिज्य संघले हरेक बार्षिक साधारण सभामा जिल्लाका एक पत्रकारलाई यसरी नै पुरस्कृत गर्दै आएको छ ।
Comments are closed.