महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।
सोमबार लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो ।
माटोको ढिस्कोभित्र पुरिएकी अर्की करिब ५५ वर्षीया सुन्दरीया रानालाई स्थानीयले घाइते अवस्थामा उद्धार गरेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको जनाइएको छ । घटनाका समयमा माटो खन्न गएका अन्य दुई जना भने सकुशल रहेका छन् ।
Comments are closed.