महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा बढेसंगै सेवाग्राहीहरु पनि बढे`

महेन्द्रनगर । कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल मा पछिल्लो समय सेवाग्राहीहरुको भिड बढ्दै गएको छ । विशेषज्ञ चिकित्सक सेवा, प्रयोगशाला, भिडियो एक्स–रे, सिटिस्क्यान आकस्मिक सेवा तथा विभिन्न स्वास्थ्य उपचार सेवाहरु प्रभावकारी बन्दै गएपछि दैनिक बिरामीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा कञ्चनपुरसँगै छिमेकी जिल्ला डडेल्धुरा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । विशेषगरी बिहानको समयमा टिकट काउन्टर, ओपीडी तथा आकस्मिक कक्षमा सेवाग्राहीहरुको चाप बढी देखिने गरेको छ ।

सेवाग्राहीहरुले सरकारी अस्पतालमै सहज र सुलभ उपचार सेवा पाउन थालेपछि निजी अस्पतालभन्दा महाकाली प्रादेशिक अस्पतालप्रति आकर्षण बढेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले जानकारी दिनुभयो ।

अस्पताल प्रशासनले बिरामीको चाप बढेसँगै सेवा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना अनुरुप आफनो कार्य गरीरहेको उहाँले बताउनु भयो अध्यक्ष पन्तले महाकाली प्रादेशिक अस्पताललाइ सुदूरपश्चिमकै प्रमुख सरकारी स्वास्थ्य संस्था बनाउने उदेश्य रहेको बताउँदै सेवा प्रवाहलाई गुणस्तरीय बनाउन निरन्तर प्रयास भइरहेको बताउनुभयो ।

उहाँले बिरामीको चाप बढ्दै गए पनि सेवा प्रभावकारी बनाउन आवश्यक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा ध्यान दिइएको उल्लेख गर्नुभयो । साथै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल प्रतिबद्ध रहेको बताउनुभयो ।

महाकाली प्रादेशिक अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा. जगदिश जोशीले अस्पतालमा पछिल्लो समय बिरामीको संख्या निरन्तर बढ्दै गएको बताउनुभएको छ ।

उहाँले विशेषज्ञ सेवा विस्तार, उपचारमा विश्वास बढ्दै जानु तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि दैनिक सेवाग्राहीको चाप बढेको उल्लेख गर्नुभयो ।

साथै बिरामीलाई सहज सेवा दिन अस्पतालले व्यवस्थापन तथा जनशक्ति परिचालनलाई थप प्रभावकारी बनाइएको जानकारी दिनुभयो ।

सम्बन्धित

Comments are closed.