वेदकोट–९ मा वौद्धिक अपाङ्गता दिवस भव्यताका साथमा मनाइयो

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका–९ मा वौद्धिक अपाङ्गता दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । वौद्धिक अपाङ्गता अभिभावक संघ कञ्चनपुरको आयोजना तथा वेदकोट नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

“हाम्रो बारे निर्णय, हामी संगै, हामीलाई बुझेर” भन्ने मुल नाराको साथमा वडामा ररहेको वौद्धिक अपाङगताहरु संग रहेर कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रमले वौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र समावेशी सहभागिताका विषयमा जनचेतना फैलाउने उद्देश्य राखेको थियो ।

कार्यक्रममा वौद्धिक अपाङ्गता भएका बालबालिका, अभिभावक, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

वौद्धिक अपाङ्गता अभिभावक संघ कञ्चनपुरका अध्यक्ष शान्ती मल्लले वौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक अवसरमा समान पहुँच सुनिश्चित गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

वौद्धिक अपाङ्गता भएका व्यक्तिहरू समाजका महत्वपूर्ण सदस्य भएको उल्लेख गर्दै उनीहरूको क्षमता विकास, आत्मनिर्भरता र सामाजिक समावेशीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

अभिभावक कलावती भटेटले आफ्ना अनुभव साझा गर्दै राज्य तथा स्थानीय तहबाट थप सहयोग र अवसरको अपेक्षा व्यक्त गर्नुभयो ।

आफना सन्तानहरु वैद्धिक रुपमा अपाङगता भएको भएपनि सरकारले अभिभावकहरुका लागी विभिन्न सिप मुलक रोजगारमुखी तालिमहरुको व्यवस्था गरीदिन माग गर्नुभयो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, अन्तरक्रिया तथा सचेतनामूलक गतिविधिहरू समेत सञ्चालन गरिएको थियो । आयोजक संस्थाले यस्ता कार्यक्रमले वौद्धिक अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सम्बन्धित

Comments are closed.