महेन्द्रनगर । कञ्चनपुरमा किसानहरूलाई पशुपालन व्यवसायलाई थप प्रभावकारी बनाउन पशु औषधि तथा घाँसको बीउ वितरण गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महेन्द्रनगर, कञ्चनपुरको सहयोग तथा साना किसान कृषि सहकारी संस्था सुडाको आयोजनामा स्थानीय किसानहरूलाई उक्त सामग्री वितरण गरिएको हो।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र महेन्द्रनगर कञ्चनपुरको सहयोग तथा साना किसान कृषि सहकारी संस्था सुडा कंचनपुरको आयोजनामा, स्थानीय किसानहरू लाई पशुपंक्षीका लागि औषधि र घाँसको बिउ बितरण गरिएको हो ।

व्यवसाय उन्मुख किसान र पकेट क्षेत्रका गाइ, भैंसी पालन दिगो बनाउन अन्तर्राष्ट्रिय पशुपंक्षी अनुसन्धान संस्था आइएलआरआइ को आर्थिक तथा प्राविधिक सहयोगमा किसानहरू लाई पशुपंक्षीका लागि औषधि र घाँसको बिउ बितरण गरिएको साना किसान सहकारी सुडा कंचनपुरका लेखा समिति संयोजक तथा सेवा निवृत्त पशु विकास अधिकृत शंकर दत्त जोशीले बताउनु भयो ।
यस्तो खालको कार्यक्रम सुडाका साथै साना किसान सहकारी शाखा कार्यालय मझगाँउमामा पनि हुने साना किसान सहकारी सुडा का अध्यक्ष खगेश्वर पाण्डेयले बताउनु भयो ।
यो कार्यक्रमबाट पशु पालक कृषकहरु लाई थप हौसला र प्रोत्साहन भएको पशुसेवा विज्ञ केन्द्रका प्राविधिक सहायक रंजिता मैनालीले बताउनुभयो ।
कार्यक्रममार्फत पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरूको नियन्त्रण तथा उपचारका लागि आवश्यक औषधि उपलब्ध गराइएको छ भने पशुका लागि गुणस्तरीय आहार उत्पादनमा सहयोग पुग्ने उद्देश्यले उन्नत जातका घाँसको बीउ पनि वितरण गरिएको आयोजकले जनाएको छ।
किसानहरूको उत्पादन लागत घटाई पशुपालन व्यवसायलाई व्यावसायिक र दिगो बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी किसानहरूले औषधि तथा घाँसको बीउ प्राप्त भएपछि पशुपालनमा सहजता हुने बताएका छन्।
सहकारी संस्था र पशुसेवा विज्ञ केन्द्रबीचको सहकार्यमा सञ्चालन गरिएको यस कार्यक्रमबाट स्थानीय किसानहरू प्रत्यक्ष लाभान्वित भएका छन्।
किसानहरूको आयस्तर वृद्धि तथा पशुपालन क्षेत्रको विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।
Comments are closed.