महेन्द्रनगर । कञ्चनपुरमा आपतकालीन अवस्थामा संरक्षणका सवालहरू सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ । संजिवनी नेपालको आयोजनामा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वय तथा डीसीएको सहयोगमा उक्त कार्यशालाको आयोजना गरिएको हो ।
कार्यशालामा विपद् तथा आपतकालीन अवस्थाका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका विषयमा छलफल गरिएको थियो ।
सहभागीहरूलाई आपतकालीन अवस्थामा संरक्षणका न्यूनतम मापदण्ड, लैङ्गिक तथा समावेशी दृष्टिकोण, बाल संरक्षण, लैङ्गिक हिंसा न्यूनीकरण तथा सुरक्षित र सम्मानजनक सेवाप्रवाहका विषयमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रममा कञ्चनपुरका नौ पालिकाका विपद सम्पर्क व्यक्तीहरु तिनै सुरक्षा निकायका प्रतिनिधीहरु गैरसरकारी संस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो ।
संस्थाका कार्यकारी निर्देशक नितु भट्टले कार्यशालाले विपद् व्यवस्थापनका क्रममा संरक्षणका मुद्दालाई प्राथमिकतामा राख्दै प्रभावकारी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनु भयो ।
वेदकोट नगरपालिकाको वन वातावरण तथा विपद शाखा प्रमुख सुनिल चन्दले कार्यशाला एकदमै ज्ञानवद्र्धक रहेको र यसबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी विपद् प्रभावित समुदायको संरक्षण र अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।
दुई दिनसम्म सञ्चालन भएको कार्यशाला विभिन्न सुझाव तथा निष्कर्षसहित सम्पन्न भएको आयोजक संस्था संजिवनी नेपालले जनाएको छ ।
Comments are closed.