महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कञ्चनपुरले उत्कृष्ट गायक गायीकाको खोजी गर्ने भएको छ ।
बेदकोट नगरपालिका भित्रका १० वटै वडाबाट उत्कृष्ट गायक÷गायिकाको खोजी गर्ने उद्देश्यले “गायक प्रतिभा खोज कार्यक्रम“ सुरु हुने भएको हो । असार ५ गते शुक्रबार आयोजना गरिने भएको छ । वडा नम्वर १ देखी ५ सम्म वडा नम्वर ३ को सभा हलमा हुने भएको छ
भने , ६ देखी १० सम्म वडा नम्वर ७ सुडामा दिएँसो २ बजे हुने आयोजकले जनाएका छन् । यस कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण बेदकोटवासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो सम्बन्धित वडामा सम्पर्क गरी नाम दर्ता गराउनु हुन अनुरोध गरिएको छ ।
प्रत्येक वडाबाट १÷१ जना उत्कृष्ट प्रतिभा छनोट गरी अन्तिम चरणमा १० वटै वडाका प्रतियोगीहरूबीच प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
Comments are closed.