महेन्द्रनगर । कञ्चनपुरमा सञ्चालित पानीका लागि न्यायकोष परियोजनाले पानी शुद्धिकरण तथा सरसफाइ अभियान सम्पन्न गरेको छ। भीमदत्त नगरपालिका–१२ स्थित विष्णु टोलमा भीमदत्त नगरपालिका–११ र १२ का स्थानीयवासीलाई संयुक्त रूपमा सहभागी गराई कार्यक्रम आयोजना गरिएको हो।भीमदत्त नगरपालिका ११ मा रहेको महाकाली महिला सशक्तिकरण केन्द्र, विपद व्यवसथापन सामुदायिक केन्द्र विष्णु टोल बरेली टोल महाकाली टोलका महिलाहरु संग रहेको उक्त कार्यक्रमको आयोजना गरएिको थियो ।

वाटर एडको आर्थिक सहयोग तथा निड्स नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा सुरक्षित खानेपानीको महत्व, कुन पानी पिउन योग्य हुन्छ, पानीलाई कसरी शुद्धीकरण गरी प्रयोग गर्ने, सरसफाइ तथा जलवायु परिवर्तनलगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी स्थानीयवासीलाई पानीजन्य रोगबाट बच्न सुरक्षित पानीको प्रयोग, पानी शुद्धीकरणका विभिन्न उपाय तथा व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको परियोजनाका सहजकर्ता मञ्जु चौधरीले जानकारी दिनु भयो ।

समुदायले बाढीको समय होस वा अन्य समयमा उहाँहरुले पानीको प्रयोग के कसरी गरिरहेक छन ? पिउँने तरिका कस्तो पानी पिउने कसरी सुद्धिकरण गर्ने ? भन्ने विषयमा रहेर छलफल भएको परियोजना संयोजक पूजा पनेरुले बताउनु भयो ।
यसैगरी सहभागी भीमदत्त नगरपालिका ११ महाकाली महिला सशसक्तिकरणका सदस्य लक्ष्मी जोशी विष्टले पहिला आफुहरुले जहाँ पायो त्यहीको पानी पिउने गरेको भएपनिज यो परियोजना संग जोडिएपछि पानीलाई सुद्धिकरण गरे मात्रै खानु पर्ने जानकारी पाएको बताउनु भयो ।
बाढी आउको बेलामा पनि हाते नल्काबाट सिधै पान िपउने गरेको भएपनि अबदेखी पानलिायृ सुद्धिकरण गरे मात्रै पिउने गरेको बताउनु भयो ।
साथै, जलवायु परिवर्तनका कारण खानेपानीका स्रोतमा पर्न सक्ने असर र त्यसबाट बच्न अपनाउनुपर्ने उपायबारे समेत जानकारी गराइएको थियो।
Comments are closed.