कैलाली सडक दुर्घटनामा एमाले नेतृ साबित्रा सापकोटाको निधन

महेन्द्रनगर । कैलालीमा सडक दुर्घटनामा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्यको निधन भएको छ ।

बर्दगोरिया गाउँपालिका–१, मुडा पुल नजिकै आज बिहान भएको सडक दुर्घटनामा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य तथा बर्दगोरियाकी पूर्वगाउँपालिका उपाध्यक्ष उम्मेदवार साबित्रा सापकोटाको निधन भएको हो।

सापकोटा सवार से १–०१–००१ ख नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

गम्भीर घाइते सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापछि प्रहरीले ट्रक र चालक नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीलाई बर्दगोरिया–लम्कीचुहा सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित

Comments are closed.