महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा २ दिने स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२ र ८३ मा नगरपालिका अन्तर्गत सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२ र ८३ मा सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाका विषयमा समीक्षा तथा छलफल भएको थियो । पालिकामा रहेका १३ स्वास्थ्य संस्थाहरुले आफनो प्रतिवेदनको प्रस्तुतीकरण गरेका थिए ।

विषेश गरे स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा छलफल भएको थियो साथै सेवा प्रवाह गर्दा देखिएका चुनौती , समस्याहरु के रहेका छन् भन्ने विषयमा पनि छलफल भएको छ । गत आर्थिक वर्षमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमको उपलब्धि र चुनौतीको समीक्षा गर्दै आगामी दिनमा देखिएका कमजोरी सुधार गरेर स्वास्थ्य सेवा अझ प्रभावकारी र नागरिकमैत्री विषयमा छलफल भएको वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले जानकारी दिनुभयो ।

अहिले पनि स्वास्थ्य संस्था संचालन गर्नका लागी आवस्यक पर्ने भौतिक संरचना लगायतका विषयमा पनि छलफल भएको र आगामी दिनको कार्य योजनाहरु पनि प्रस्तुती करण गरीएको बताउनु भयो ।
पालिकामा रहेका सबै स्वास्थ्य संस्थालाई पेपर लेस बनाउने योजना अनुरुप कार्य पनि भइरहेको बताउनु भयो । सबै स्वास्थ्य संस्थामा कागज विना सबै अनलाइन प्रविधीमा लैजाने योजना रहेको बताउनु भयो ।
साथै विगतको दिनमा पालिका स्वास्थ्य क्षेत्रमा जिल्लामा तेस्रो स्थानमा रहेको र अबका दिनमा माथी उक्लीएर द्धितिय, या प्रथम स्थानमा आउने गरी कार्यै गर्ने बताउनु भयो ।
साथै विगत तिन वर्षमा जुन कार्यक्रममा प्रगती कम भएको छ उक्त कार्यक्रमहरुको कार्य योजना बनाएर कसरी लक्ष्य हासिल गर्न सकिन्छ भनेर पनि छलफल भएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
Comments are closed.