समुदायस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता wash सम्बन्धी बैठक सम्पन्न

समुदायस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता wash सम्बन्धी बैठक सम्पन्न
महेन्द्रनगर । भीमदत्त नगरपालिका–१९, बागफाँटा, सुकरराज टोलमा Healthy Habit Project अन्तर्गत समुदायस्तरीय खानेपानी, सरसफाई तथा स्वच्छताwash सम्बन्धी बैठक सम्पन्न भएको छ । German Nepalese Help Association (GNHA)को सहयोगमा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल wash द्वारा सञ्चालित उक्त परियोजना अन्तर्गत पैरवी आमा समूह, बागफाँटा–१९ का सदस्यहरूसँग बैठक आयोजना गरिएको हो ।
बैठकमा समुदायस्तरमा सञ्चालन हुने खानेपानी, सरसफाइ तथा स्वच्छता wash सम्बन्धी गतिविधिहरूका विषयमा छलफल गर्नुका साथै आमा समूहका सदस्यहरूको सहभागिता, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो ।
बैठकका क्रममा समुदायमा आगामी दिनमा सञ्चालन गरिने ध्ब्क्ज् गतिविधिहरू, समुदायको सहभागिता तथा गतिविधिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहयोगका विषयमा छलफल गरिएको थियो । साथै, समुदाय तथा विद्यालयस्तरमा ध्ब्क्ज् सम्बन्धी गतिविधिहरूलाई प्रभावकारी बनाउन आमा समूहको भूमिकाबारे समेत छलफल भएको थियो ।
भविष्यमा नियमित समन्वय तथा अनुगमनका लागि आमा समूहका मुख्य सदस्य तथा सम्पर्क व्यक्तिहरूको पहिचान गरी आवश्यक सम्पर्क विवरण संकलन गरिएको छ । यसबाट आगामी गतिविधिहरूमा समुदायसँग सहज र प्रभावकारी समन्वय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बैठकमा व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ, सुरक्षित खानेपानी तथा महिनावारी स्वास्थ्य र सरसफाइ सम्बन्धमा जानकारीमूलक छलफल तथा सचेतना सत्रसमेत सञ्चालन गरिएको थियो। सहभागीहरूलाई स्वस्थ व्यवहार अपनाउने, सुरक्षित खानेपानीको प्रयोग गर्ने तथा महिनावारीका समयमा आवश्यक स्वास्थ्य तथा सरसफाइका अभ्यासहरू पालना गर्ने विषयमा जानकारी प्रदान गरिएको थियो।
त्यसैगरी, आमा समूहको उद्देश्य, भूमिका तथा जिम्मेवारी सम्बन्धमा पनि छलफल गरिएको थियो । समुदायको स्वास्थ्य, सरसफाइ तथा ध्ब्क्ज् सम्बन्धी गतिविधिहरूमा आमा समूहले निर्वाह गर्न सक्ने भूमिका, समुदाय परिचालन, सचेतना अभिवृद्धि तथा स्थानीयस्तरमा सहकार्य र समन्वयका विषयमा सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो ।
बैठकले समुदायमा ध्ब्क्ज् सम्बन्धी व्यवहार परिवर्तन, स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धन र स्थानीय सहभागितालाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको छ । ज्भबतिजथ ज्बदष्त एचयवभअत भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा सञ्चालनमा रहेको छ ।

सम्बन्धित

Comments are closed.