महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश भलिबल संघको अध्यक्षमा देबराज भट्ट फेरि दोहोरिएका छन् । बिहीबार संघको छैठो अधिवेशनमा १९ मत ल्याएर भट्ट अध्यक्ष निर्वाचित भएका हुन् ।
भट्टले प्रतिद्वन्द्वी प्रेमराज जोशीलाई फराकिलो मत अन्तरले पराजित गरेका छन् । जोशीले ७ मत ल्याएका छन् । निर्वाचन समितिले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार महासचिवमा सन्तोस भट्ट निर्वाचित भएका छन् । भट्टले जोग बहादुर दौल्याललाई पराजित गरेका छन् ।
संघको उपाध्यक्षमा भोजराज जोशी र कोषाध्यक्षमा बिमला क्षेत्री रावत निर्विरोध भएका छन् ।यसैगरी चार सदस्यमा प्रेम सिंह विष्ट, धन सिह रावल, उदय बहादुर चन्द र खगेन्द्र नाथ योगी निर्विरोध भएका छन् ।
समितिका चार सदस्यका लागि ५ जनाको उम्मेदवारी परेको थियो । सदस्यका उम्मेदवार बल बहादुर सार्कीले उम्मेदवारी फिर्ता लिएपछि सदस्य निर्विरोध भएका हुन् ।
Comments are closed.