कञ्चनपुरमा सुदूरपश्चिम औद्योगिक व्यापार तथा पर्यटन महोत्सव पुस ८ गतेदेखी

महेन्द्रनगर । महेन्द्रनगर स्थित खुला मञ्चमा आगामी पुस ८ गतेदेखी सुदूरपश्चिमाञ्च औद्योगिक व्यापार तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ८ गतेदेखी १९ गतेसम्म १७ औँ संस्करणको सुदूरपश्चिम औद्योगिक व्यापार,कृषि मेला तथा कञ्चनपुर पर्यटन महोत्सव आयोजना हुने संघका महासचिव राहुल भट्टले जानकारी दिनुभयो ।

महोत्सवलाई व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउन विभिन्न क्षेत्रको जिम्मेवारी सहित विषयगत समिति गठन गरिएको छ । मेला मूल आयोजक समिति तथा सांस्कृतिक समितिमा संघका अध्यक्ष दिनेश मल्लको संयोजकत्वमा समिति गठन गरिएको छ ।

त्यसैगरी मेला मूल आयोजक समिति सह–संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र प्रकाश साउदको संयोजकत्वमा सुरक्षा तथा वाल उद्यान समिति गठन गरिएको छ ।

संघका उद्योग उपाध्यक्ष तेज वहादुर चन्दको संयोजकत्वमा प्रायोजक तथा प्रवद्र्धक समिति तथा व्यानर प्रायोजन,वाणिज्य उपाध्यक्ष गणेश चटौतको संयोजकत्वमा स्टल निमार्ण तथा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।

संघका महासचिव एंव मेला मूल आयोजक समितिका सदस्य सचिव राहुल भट्टको संयोजकत्वमा सचिवालय,प्रचारप्रसार,सरसफाइ व्यवस्थापन,स्वागत गेट निमार्ण समिति गठन गरिएको छ । मेलाको तीब्र तयारीका लागि सचिव नरेन्द्र प्रसाद जोशीको संयोजकत्वमा स्टल बुकिङ्ग समिति,कोषाध्यक्ष सिद्धराज भट्टको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति,सदस्य जगदिश चन्द भट्टको संयोजकत्वमा पर्यटन प्रवद्र्धन समिति गठन गरिएको छ ।

त्यसैगरी सदस्य सरिता भण्डारीको संयोजकत्वमा महिला उद्यमी प्रवद्र्धन समिति गठन गरिएको समितिमा संघका सदस्य अहिल्या देवी बोहरा र लक्ष्मी थापा भट्ट रहनुभएको छ ।

संघका सदस्य कमल वहादुर चन्दको संयोजकत्वमा कृषि प्रवद्र्धन समिति,कृष्ण रानाको संयोजकत्वमा थारु गाउँ व्यवस्थापन समिति,निरज गुप्ताको संयोजकत्वमा खानेपानी तथा विद्युत व्यवस्थापन समिति,पारस जोशीको संयोजकत्वमा इ–टिकेटिङ्ग व्यवस्थापन समिति,भोजराज अवस्थीको संयोजकत्वमा साउण्ड व्यवस्थापन समिति,यज्ञराज भट्टलाई टिकट व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

महोत्सवमार्फत औद्योगिक तथा व्यापारिक गतिविधिको प्रवद्र्धन, स्थानीय कृषि उत्पादनको बजारीकरण, महिला उद्यमशीलताको विकास तथा कञ्चनपुरको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखिएको संघका महासचिव राहुल भट्टले बताउनुभयो ।

उहाँले समितिहरूले आ–आफ्नो जिम्मेवारी अनुसार महोत्सवको तयारी तथा व्यवस्थापनका काम अघि बढाउने जानकारी दिनुभयो । मेलालाई विगतको भन्दा पृथक बनाउनेगरी संघले तयारी तीब्र पारेको छ ।

सम्बन्धित

Comments are closed.