पत्रकार राजेन्द्र बिष्टको उपचारका क्रममा निधन

महेन्द्रनगर । पत्रकार राजेन्द्र बिष्टको उपचारका क्रममा निधन भएको छ । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्षसमेत रहेका बिष्टको बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा निधन भएको हो ।
कलेजोमा सङ्क्रमण देखिएपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएका बिष्टलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशका इन्चार्ज दिलबहादुर छत्यालले पुष्टि गरेका छन् ।
कञ्चनपुर निवासी बिष्ट लामो समयदेखि राष्ट्रिय समाचार समिति राससमा आबद्ध भई सक्रिय पत्रकारिता गर्दै आएका थिए । पारिवारिक रूपमा समेत शोकमा रहेका बिष्टकी आमा विष्णादेवी बिष्टको गत कात्तिक २२ गते निधन भएको थियो ।

आमाको किरिया सकेलगत्तै स्वास्थ्यमा समस्या देखिएका बिष्टको आमाको निधन भएको १८औँ दिनमा निधन भएको हो । उनको निधनले सुदूरपश्चिमसहित समग्र नेपाली पत्रकारिता क्षेत्रमा शोक छाएको छ ।

 

सम्बन्धित

Comments are closed.