महेन्द्रनगर। कञ्चनपुरमा वेपत्ता भएकी किशोरी छात्रा मृत भेटिएकी छिन ।सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायमा अध्ययनरत छात्रा कमला पाण्डेय मृत भेटिएकी हुन । बुधबार वेपत्ता भएकी छात्रा बिहीबार दोस्रो दिन पुलदेखि एक किलोतिर दक्षिण मृत भेटिएएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले पाण्डेयको शव पानीमा फेला परेको बताए । ‘महाकाली नदीमै शब भेटाईएको छ, अब पोष्टमाष्टम गर्नका लागि महाकाली अस्पतालमा राखएको छ, ‘उनले भने, ‘घटना बारे थप अनुसन्धान जारी छ ।’बैतडी पाटन ठेगाना भएकी बिबिएस पाचौँ सेमेयष्टरमा अध्ययनरत कमला पाण्डेय महाकाली चारलेन पुल क्षेत्रबाट वेपत्ता भएकी थिईन ।
चारलेन पुलमै पाण्डेयको झोला, पर्स किताब, परिचयपत्र, चप्पल भेटिएको थियो । कञ्चनपुरका युवा समाजिक अभियन्ता अमिर तिरुवाले उच्च शिक्षा तहमा अध्ययनरत विद्यार्थी यसरी वेपत्ता हुने कार्य दुखत भएको बताए । छोरी वेपत्ता भएपछि घर परिवारदेखि साथीभाई चिन्तित भएका छन ।
Comments are closed.