बझाङका एक जना वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान
बझाङका एक जना वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गर्नु भएको छ । बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवा सुविधा बाफतको पाए सरह १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिनु भएको हो । ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत बझाङको जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले शुक्रबार आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई रकम दिनु भएको हो ।
Comments are closed.