प्रधानाध्यापक संघ नेपालले गर्‍यो बेदकोट नगरपालिकालाई पुरस्कृत

महेन्द्रनगर । सामुदायिक विद्यालयका प्रधानाध्यापकको संगठन प्रधानाध्यापक संघ नेपाल पान ले बेदकोट नगरपालिकालाई पुरस्कृत गरेको छ । जनकपुरमा भएको संगठनको तेस्रो राष्ट्रिय सम्मेलनमा शिक्षा क्षेत्रमा विशिष्ठ योगदान पुगाएको भन्दै सुदूरपश्चिम प्रदेशबाट बेदकोट नगरपालिकालाई पुरस्कार प्रदान गरिएको छ ।

बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले पूर्व राष्ट्रपति डा। रामवरण यादवबाट पुरस्कार सहित सम्मान पत्र ग्रहण गरे ।मेयर बोहरा सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुन जनकपुर गएका थिए ।२०७९ को स्थानीय तह निर्वाचनमा बोहरा काँग्रेसबाट मेयरमा निर्वाचित भएका थिए ।

मेयर बोहराले नगरको नेतृत्व सम्हालेपछि सामुदायिक विद्यालयमा माध्यमिक तहमा शिक्षक दरबन्दी पूर्ति, भौतिक संरचना निर्माण र शैक्षिक गुणस्तर सुधार गरेका छन् ।बेदकोटमा अनुदानमा नगर शिक्षक नियुक्त गरी माध्यमिक तहमा शिक्षक दरबन्दी पूर्ति गरिएको छ । माविमा दरबन्दी अपुग भएपछि नगर शिक्षक राखिएका हुन् ।

जनकपुरमा पुरस्कार भएपछि मेयर बोहराले कार्यपालिका, नगर शिक्षा समिति ,शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक ,शिक्षक,विद्यार्थी ,कर्मचारी सहित सबैमा आभार व्यक्त गरेका छन् ।

‘सुदूरपश्चिमबाट यस पटक बेदकोट नगरपालिकालाई आमन्त्रण गरि पुरुस्कृत गरेकोमा उक्त संस्थालाई धन्यवाद दिदैं सम्पूर्ण नगरवासीलाई बधाई ज्ञापन गर्दछु । कार्यपालिका, नगर शिक्षा समिति ,शिक्षा शाखा, विभिन्न विद्यालय सञ्चालक समिति, प्रधानाध्यापक ,शिक्षक,विद्यार्थी ,कर्मचारी र शिक्षा प्रमी सबैलाई बधाई ज्ञापन गर्दछु। कार्यक्रममा महामहिम पुर्व राष्ट्रपति रामवरण यादवज्यू बाट सम्मान पत्र ग्रहण गर्ने अबसर प्राप्त भयो। आयोजकहरुमा आभार’ मेयर बोहराले भनेका छन् ।

सम्बन्धित

Comments are closed.