दार्चुलामा भिरबाट लडेर एकजनाको ज्यान गएको छ। मार्मा गाउँपालिका–३ रिल बसेडीका ५७ वर्षीय मोहन सिंह विस्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सिँचाइका लागि कुलोमा पानी लगाउन जाने क्रममा भ्याल्ले छहरा भन्ने स्थानमा उहाँ भिरबाट लडेर घाइते हुनुभएको थियो। करिब १५० मिटर तल खसेका उहाँको उपचारका लागि लग्दै गर्दा ज्यान गएको दार्चुला प्रहरीले बताएको छ।
Comments are closed.