महेन्द्रनगर । कञ्चनपुरमा बचत तथा लेखा सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । स्विट नेपालको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा केएनएच को आर्थिक सहयोग रहेको थियो ।महिला शसक्तिकरण तथा बालअधिकार संरक्षण परियोजना अन्तरगत ४० जना महिलाहरुलाई उक्त २ दिने तालिमको आयोजना गरीएको हो ।

महिलाहरूको आर्थिक सशक्तीकरण, वित्तीय साक्षरता अभिवृद्धि तथा बचत व्यवस्थापन सम्बन्धी ज्ञान र सीप विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको स्विट नेपालका प्रोग्राम म्यानजर अमित सुनारले जानकारी दिनुभयो ।
यो परियोजनाले वेदकोट नगरपालिकामा रहेका परियोजना संचालन भएका वडामा रहेका महिलाहरुलाई आर्थिक रुपमा, साँस्कृतिक रुपमा आमा र बालबालिकाहरुलाइ पनि शसक्तीकरण बनाउने उदेस्य रहेको बताउनु भयो । महिलाहरु संगै बालबालिकाहरुको पनि सर्वाङगीण विकास गराउनका साथै दैनिक रुपमा बचत गरेका रकमको हिशाव सिकाउन यो तालिमको आयोजना गरीएको बताउनु भयो ।
सहभागी महिलाहरूलाई बचतको महत्व, आय–व्यय व्यवस्थापन, लेखा अभिलेख राख्ने तरिका तथा समूहको वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।
वेदकोट नगरपालिकाको वडा नम्वर १ देखी ५ र १० नम्वर वडा गरी ६ वटा वडामा ६० वटा समुहको निर्माण गरी ६ सय ९१ महिलाहरु संग परियोजनाले काम गरीरहेको बताउनु भयो।
तालिमबाट सहभागी महिलाहरूले आफ्नो आर्थिक गतिविधिलाई व्यवस्थित गर्न तथा उद्यमशीलतामा थप प्रेरणा प्राप्त गर्ने विश्वास लिइएको उहाँले जानकारी गराउनु भयो ।
सहभागी वेदकोट ४, बगुनमा रहेको लगनशिल आत्मनिर्भर समुहकी अभिकर्ता जानकी भट्टले तालिमबाट सिकेका जानकारीलाई आफनो समुहमा गएर सिकाउने बताउनु भयो ।
अन्य सहभागी महिलाहरुले तालिमबाट ज्ञानलाई व्यवहारमा लागू गर्दै व्यक्तिगत तथा सामूहिक बचत प्रवद्र्धनमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आयोजकले यस्ता कार्यक्रमले महिलाको आर्थिक आत्मनिर्भरता बढाउन तथा समुदायस्तरमा वित्तीय व्यवस्थापनको संस्कृति विकास गर्न सहयोग पुग्ने जनाएको छ ।
Comments are closed.