निर्वाचन आयोगले आजदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता फेरि शुरु गरिएको हो।
सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिनेछ भने अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ।

त्यस्तै,यो समयमा मतदाता नामावली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन सकिनेछ। यतिखेर जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा मतदाता नामावली संकलन गर्नेको भिड छ। घण्टौँ लाइनमा बसेर भए पनि उनीहरुले नाम टिपाएका छन्।
Comments are closed.