मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने….

 

मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने भएको छ । गएको जेठ २२ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन देशभर फैलिन अझै दुई\तीन दिन लाग्ने वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यस वर्ष समयभन्दा एक हप्ता आगाडि अर्थात् जुन ५ मै मनसुन प्रवेश गरेको छ

नेपालमा साधारणतयाः जुनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि भनिन्छ । यस समयमा नेपालमा वार्षिक वर्षभरिको ८० प्रतिशत पानी पर्छ । आज सोमवार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं, मधेश, बाग्मती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन\चट्याङसहित पनी पर्ने सम्भावना छ ।

सम्बन्धित

Comments are closed.