सभामुख अग्नि प्रसाद सापकोटा र नेपालका लागि चिनियँ राजदूत होउ यान्छी बीच भेटवार्ता भएको छ । सभामुखको सरकारी निवास, लैनचौरमा शुक्रबार बिहान भएको भेटवार्तामा दुई देश बीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको भन्दै नेपाली भूमि छिमेकी राष्ट्र विरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैं चनाखो र सचेत रहेको बताउनु भयो । राजदूत होउ यान्छीले नेपाल, चीनको असल छिमेकी रहेको बताउदै एक चीन नीतिप्रति नेपालको प्रतिवद्धताको उच्च प्रशंसा गरेकी छिन् ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको पक्षमा चीनले सदैब दृढ समर्थन गर्दै आएको बताएकी छिन् । राजदूत होउले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेको सभामुखको निजी सचिवालयले जनाएको छ ।
Comments are closed.