नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । भदौ २ गते देखि २४ गते सम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो ।
१० गते देखि सुरु भए पनि अभियान २४ गते नै सकिने छ । भदौ महिनामै पार्टी बाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले निर्वाचित केन्द्रित कार्यक्रमलाई छोट्याइएको हो । कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुदैछ ।