कञ्चनपुरमा कांग्रेसद्धारा जनताको साथमा कांग्रेस अभियानमा कार्यकर्तासंग छलफल

महेन्द्रनगर । कञ्चनपुरको क्षेत्र नम्वर २ प्रदेश १ र २ मा नेपाली कांग्रेसले जनताको साथमा कांग्रेस अभियानमा कार्यकर्तासंग छलफल गरेको छ । कार्यक्रमको प्रमुखअतिथी रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पूर्व मन्त्रि रामजनम चौधरीले राज्यलाई दिगो र स्थिर बनाउनका लागि कांग्रेसको जित हुन अनिवार्य रहेको जिकिर गर्नु भयो कार्यकर्ताले आउँदो मंसिरमा हुने प्रदेश र संघको चुनावमा कार्यकर्ताहरुले एकजुट भएर कांग्रेसको पक्षमा जनमत बढाउन र जित हासिल गर्नका लागि एकजुट भएर सक्रिय भुमिका निभाउन आग्रह गर्नु भयो ।

बिशिष्ट अतिथीमा रहनु भएका संविधान सभा सदस्य बहादुरसिंह थापाले देशको सम्रग विकास र उचित निकास दिनको लागि कांग्रेस सरकारले मात्रै पहली कदम चाल्न सक्ने भएकाले कांग्रेसलाई जिताउनको लागि हरसम्भव प्रयास गरी विजयी बनाउन सम्पुर्ण कार्यकर्ता लगायत सम्पुर्णमा आग्रह गर्नु भयो । साथै आपसमा भएको तिक्तालाई हटाउँदै संविधानलाई गति दिनको लागि गठबन्धन आवस्यक रहेको बताउनु भयो । कार्यक्रममा प्रदेश महामन्त्री मेघबहादुर खडका, जिल्ला सभापती पदम बोगटी, लगायत कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.