देशमा अपेक्षित रूपमा विकास निर्माणका काम हुन सकेन– मुख्य सचिव

सरकारका मुख्य सचिव शंकरदास बैरागीले देशमा अपेक्षित रूपमा विकास निर्माणका काम हुन नसकेको बताएका छन् । उनले विगतका कमी–कमजोरी बाट शिक्षा लिदै मुलुकको छिटोछरिटो एवं सर्वांगीण विकासमा लाग्नु पर्ने बताए ।

बुधबार १९औ निमाजती सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य सचिव बैरागीले राज्यले अघि बढाएका नीति तथा कार्यक्रमलाई सफल बनाउन र जनताको जीवनस्तरमा सुधार ल्याउन थप प्रयास गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

परम्परागत ढाचा र सोच बाट माथि उठेर अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेका व्यवस्थापनका नयँ आयाम, सूचना प्रविधि क्षेत्रमा आविष्कार भएका नयँ प्रविधि र विकासका नवीन मोडेललाई देश र समाज सुहाउदो हुने गरी अवलम्बन गर्दै मुलुकलाई यथाशीघ्र रूपान्तरण गर्न जरुरी रहेको बताए ।

मुख्य सचिव बैरागीले देशमा निजामती सेवाको अर्को विकल्प नरहेको भन्दै अझ उन्नत, सबल, सेवामुखी एवं जनउत्तरदायी निजामती सेवा बनाएर जान आवश्यक रहेको बताए ।

सम्बन्धित

Comments are closed.