महामारीको रुपमा फैलिरहेको डेंगु तत्काल नियन्त्रण गर्न सांसदको माग

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरूले महामारीका रूपमा फैलिदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बुधबार सांसद प्रकाशमान सिंहले देशमा हैजा देखि डेंगु जस्ता रोग फैलिदै गएकाले त्यसको नियन्त्रण गर्न सरकार संग माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले हाल सम्म ७१ जिल्लामा डेंगु फैलि सकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गरे ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.