प्रदेश सभामा पेश गरेको रेडियो, एफएम र टेलिभिजन सम्बन्धी विधेयकमाथि सोमवार छलफल

सुदुरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सभामा पेश गरेको रेडियो, एफएम र टेलिभिजन सम्बन्धी विधेयकमाथि सोमवार सामान्य छलफल भएको छ ।

प्रदेश सभाको आज सोमबार बसेको बैठकमा सो विधेयकमाथि सामान्य छलफलमा भाग लिदैं प्रतिपक्षी दलका सांसद्ले सञ्चार माध्यमलाई संकुचित गर्न प्रदेश सरकारले सो विधेयक ल्याएको भन्दै विरोध गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् भरतबहादुर खड्का र श्यामलाल रानाथारु र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद् मालामति रानाले संविधानको मर्म विपरित प्रदेश सरकारले विधेयकमा प्रावधान राखेको बताए । सांसद् खड्काले प्रदेश सरकारले संविधानको मुल मर्म विपरित मिडियालाई नियन्त्रण गर्न खोजेको बताउनु भयो । उहाले कार्यकारी मन्त्रीलाई बोर्डको अध्यक्ष बनाउने र बोर्डलाई सम्पूर्ण अधिकार दिने विधेयकको प्रावधानहरु गलत रहेको बताउदै मिडियालाई संकुचित गर्नु लोकतन्त्र र नागरिक अधिकारको विरुद्धमा रहेको बताउनु भयो ।

सांसद् रानाले संविधानको मुल मर्म विपरित विधेयक ल्याएर मिडियालाई नियन्त्रण गरी मुख पत्र बनाउन खोजेको आरोप लगाउनु भयो । उहाले आफू खुशी मिडिया सञ्चालन गरी नागरिकहरुको अधिकारलाई सरकारले कटौती गर्न खोजेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.