गाडी, मोबाइल, मदिराको आयात प्रतिबन्धको समय लम्बाईयो

महेन्द्रनगर । गाडी, मोबाइल, मदिराको आयात प्रतिबन्धको समय लम्बाईएको छ । मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल लगायतका १० वस्तुको आयात बन्देज गर्ने निर्णय गरेको थियो । अहिले पनि गाडी, मोटरसाइकल, तयारी मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले ती वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उद्योगी व्यवसायीहरुले प्रतिबन्ध खुलाउन दबाब दिएपनि सरकारले बन्देजलाई यथावत् राखेको हो ।
गाडी, महँगा मोटरसाइकल, तयारी मदिरा र ३ सय डलर भन्दा बढी मूल्यका स्मार्ट फोनको आयात प्रतिबन्ध मंसिर २९ गतेसम्म यथावत राख्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेको थियो । वैशाख दोस्रो सातादेखि नै कार÷जिप÷भ्यान, १५० सीसीमाथिका मोटरसाइकल, मदिरा र महँगा मोबाइल फोनको आयातमा प्रतिबन्ध लागेको छ ।

सम्बन्धित

Comments are closed.