स्वतन्त्र उम्मेदवार मदन नेपालीः देश अहिले आईसियुमा रहेको छ

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नम्वर ३ बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका मदन नेपालीले देश अहिले आईसियु (सघन कक्षमा) मा रहेको बताएका छन् । शुक्लाफाँटा एफएमको बहुचर्चित कार्यक्रम समय सन्दर्भमा बोल्दै उनले अहिलेको दलिय गठबन्धन ले देशलाई श्रिलंकाको जस्तो अर्थतन्त्र तहसनहस पार्ने योजनामा रहेको आरोप लगाउनुभयो । २०३६ सालदेखी नेपाली काँग्रेस प्रती लगाव रहेको नेपालीले अहिले नेपाली काँग्रेस परित्याग गरेर कञ्चनपुर क्षेत्र नम्वर ३ बाट प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
देशलाई अहिलेका नेता कार्यकर्ताहरुले देशलाई हरेक क्षेत्रबाट कमजोर बनाई सकेको अवस्थामा आम सर्वसाधरणहरुलाई बढी पडालायी कष्टकर जिवन बाच्न बाध्य बनाउने योजना रहेको बताए । पार्टीभित्र त्याग तपस्या गर्ने योगदान दिने कार्यकर्ताको उचित मुल्यांकन नभएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएको बताए । बारम्बार एउटै व्यक्तिलाई अवसर दिने पार्टीमा रुातदिन अहोरात्र खटिने कार्यकर्ताको मुल्यांकन नगरी आफनो आफन्त आसेपासेलाई अवसर दिने परिपाटीको अन्त्यका लागि आम जनताले आफुलाई जिताउने विस्वास रहेको बताए ।
नेपालीले देशमा प्रदेशका सांसद र मन्त्रिको संङ्ख्या धेरै भएको कारण देशको खर्च बढि भएको आम्दानि कम रहेको अवस्थामा खारेजीकोमाग रहेको बताए । यस्तो अवस्थामा देश बिकासको बजेट अभाव रहेको कारण प्रदेश खारेज गरेर संघिय र स्थानिय सरकार मात्र राख्न पहल गर्ने बताएका छन । यस्तै उनले संसदहरुले प्रधानमन्त्री चुन्ने ब्यावस्था रहेको आफुले चाहेको मन परेको मानिस प्रधानमन्त्री बनाउन नसक्ने अवस्था रहेका कारण आफू यस्तो व्यावस्थाका लागि पहल गर्ने बताउछन ।
उनले अरु बिकास निर्माणका नियमित कामहरु निरन्तर भई रहने बताए । उनको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको मुद्दा सुचिमा रहेको भन्ने बिषयमा उनले आफ्नो बाबू बाजे कसैको नाम खुलाएको छैन । मलाई कुनै चिठि समेत प्राप्त नभएका कारण आफु नै हो भन्ने छैन । मेरो नाम जस्ता धेरैको नाम भएको बताए । आफनो तिन पुस्ते सबैको नामावली आउनु पय्रो, यो चुनावको समयमा मलाई बदनाम गर्ने विपक्षीको सुनियोजित योजना रहेको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.