एनपी सावदः दैजीदेखि जोगबुढा सडक कालोपत्रे नभए फेरी भोट माग्न आउँदैन

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.३ भम्कामा बाम लोकतान्त्रिक गठबन्धनको वडा भेलामा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदबार तथा नेपाली कांग्रेशका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री एनपी सावदले आफु निर्वाचित भएपछि पाच बर्षभित्र दैजी देखि डडेल्धुराको धार्मिक क्षेत्र परशुराम धाम सम्म सडक कालोपत्रे गरि छाड्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । यदि सडक कालोपत्रे गर्न सकेन भने त्यसपछि जनताको माझमा फर्केर भोट माग्न नआउने बताउनु भएको छ ।

आफुले विगतमा घाडीघाचमा निर्माण भइरहेको तेस्रो चरणको नहर, खानेपानीको योजनाहरु, दोदा नदीको पुल, कलुवापुर देखि बेलौरी सम्म सडक कालोपत्रे, आरक्ष बिस्थापितहरुको राहतको ब्यबस्था गरिएको बताउनु भएको छ । यसैगरी सबै बस्तीको विकासका लागि एकिकृत विकास योजना लागु गर्ने र दैजीछेलाको आद्योगिक क्षेत्रलाई पाच बर्ष भित्रमा सञ्चालन गरि छाड्ने बताउनु भएको छ ।

गठबन्धनसहित पुर्वमन्त्री साउद पाँचपटक संसदीय निर्वाचमा होमिएका छन्। २०५१ मा भएको मध्यावदी निर्वाचनबाट संसदीय यात्रा तय गरेपनि एमालेका उर्बादत्त पन्तसँग पराजित भएका थिए। २०५६ मा कञ्चनपुर–३ रमेश लेखकका लागि छोड्दै कञ्चनपुर–१ बाट निर्वाचित भएका थिए। कञ्चनपुर–२ बाटै २०७० को आमनिर्वाचनमा साउद १३ हजार ४१५ मतसहित विजयी भएका थिए। पहिलो पटक शिक्षा राज्यमन्त्री हुँदा शिक्षा क्षेत्रको सुधार दोस्रोपटक सिचाईंमन्त्री हुँदा सिचाईं तथा कृषि क्षेत्रका लागि काम गरेको उम्मेदवारी साउँदको दाबी छ।

उनले भने, ‘आफूले जनताका पक्षमा गरेका कामहरु नै आफ्नो जित्ने आधार हो। साथै सत्ता गठबन्धनसहित निर्वाचनमा केन्द्रित भएकाले जित्ने आधार फराकिलो बन्दै गएको छ। दुई÷दुई पटक संसद विघटन गरेर संविधानमाथि नै प्रहार गर्ने ओलीको कदमप्रति जनता वाक्कदिक्क भइसकेका छन्। त्यसकारण पराकिलो अन्तरले गठबन्धनले जित हासिल गर्ने र संविधानको रक्षा गर्ने जिम्मेवारी हाम्रै काँधमा आएको अवस्था हो।

’यसैगरी भेला कार्यक्रममा प्रदेशसभा ख का उम्मेदबार बहादुर सिह थापाले विगतमा आफुले गरेका अधुरा योजनाहरु पुरा गर्ने, सबै समुदायको धार्मिक स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्ने बताउनु भएको छ । साथै दलित जनजाति अल्पसंख्यक उत्पीडित विपन्न वर्गका लागि स्वरोजगार कार्यक्रम लागु गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यसैगरी भेला कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं पुर्व सुदुरपश्चिम प्रदेश संसद महेशदत्त जोशीले संविधानको संरक्षण र सम्बृद्धिको लागि अहिलेको बाम लोकतान्त्रिक गठबन्धनलाई जिताउन जरुरी रहेको बताउनु भएको छ ।

सम्बन्धित

Comments are closed.