हरिना भट्टः सिमा विवाद र लागुऔषध नियन्त्रण मुख्य ऐजेण्डा

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार हरिना भट्टले जिल्लामा रहेको सिमा विवाद र लागुऔषध नियन्त्रण मुख्य ऐजेण्डा रहेको बताउनु भयो । शुक्लाफाँटा एफएमको बहुचर्चित रेडियो कार्यक्रम समय सन्दर्भमा बोल्दै उहाँले कञ्चनपुर निर्वाछन क्षेत्र नम्वर एकमा सिमा विवाद रहेको र लागुऔषध पनिखुल्ला सिमा नाका भएर भित्रिने अवस्थामा ति दुवै समस्यको समाधान गर्न लगायत आम जनताको समस्याको समाधान गर्न आफनो उम्मेदवारी रहेको बताउनुभयो । आफुले जित्यो भने सिमा सुरक्षामा पर्खाल लगाएर भएपनि सिमा सुरक्षा दिने र सिमा नबेच्ने,लागुऔषधको ओसारपसार नगर्ने शानतीसुरक्षा कायम गर्ने प्रधामन्त्री रोज्नुपर्ने उनले बताउनु भयो ।
युवा युवतीलाई स्वदेशमा नै उत्पादनमुखी रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । आधुनिक कृषि को बिकास, कलकारखाना स्थापना गरी युवाहरुलाई रोजगारी सिर्जना गर्ने स्वतन्त्र उम्मेदवार भट्टले बताउनु भयो निर्वाचित भए पछि आफुले पाउने तलब भत्ता विविध किसिमबाट पिछडिएका शोषित पीडित एकल महिला लाइ वितरण गर्ने भट्टको योजना छ । जनसरोकार वाला कार्यालयमा भइरहेको भ्रष्टाचार, ढिलासुस्ती बिरुद्ध आवाज उठाउने अख्तियारको सदुपयोग कार्यान्वयन तर्फ कदम चाल्ने स्वतन्त्र उम्मेदवार भट्टले बताएकी छन्। हार्मोनियम चुनाव चिन्हमा मत माग्न भट्ट आफना एजेण्डा सहित निर्वाचन क्षेत्रमा घरदैलो अभियानमा गएकी छन् ।

सम्बन्धित

Comments are closed.