जस्ले ७ सय बढी प्रसव पिडामा रहेका महिलालाई निशुल्क अस्पताल पुगाए

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य र प्रदेश अध्यक्ष समेत रहेका कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र न ३ को प्रदेशसभा १ का प्रत्याशी धर्मराज जोशीले आफनो राजनैतिक जिवनकालमा बिधार्थी जिवनबाट नै सामाजिक सेवामा सक्रिय भएर लागेको बताएका छन् । जिल्लामा रहेका बिभिन्न बिधालयका वार्षिक महोत्सवमा अतिथीको रुपमा गएपछि आफनो धाराणा राख्ने क्रममा विषेश गरेर महिला दिदिबहिनीहरुमा विषेश अनुरोधका साथमा प्रशव पिडामा भएका बेलामा अस्पताल जानुपर्ने हुन्छ त्यो बेलामा म सँग भएका गाडीहरु उनिहरुलाई अस्पताल सम्म पुगाउने सेवाको प्रयोग गर्न आफु सदैव तयार रहेको उदघोष गर्ने र आफनो सम्पर्क नम्वर दिएर उनिअहरु प्रशव पिडामा भएको बेलामा रात दिन उनिहरुको ज्यान जोगाउन लागि परेको आफनो विगतका दिनलाई उनि यसरी सम्झन्छन् ।

‘हरेक कार्यक्रममा सार्वजनिक समारोहमा हरेक दिनमा आफनो एउटै उदघोष हुने गरेको भनेकै महिला दिदिबहिनीहरुको ज्यान जोगाउने रहन्थ्यो’ उनले भने, ‘अस्पतालबाट घरसम्म पुगाएर उनिहरुको हरेक दुखमा साथ दिने मलहम लगाउने कार्य गरिहँदा आम जनताले मलाई आफनो आँखामा राखेर एउटा सामाजिक तथा राजनैतिक रुपमा पनि सहर्ष स्विकार गरेका छन’। अहिले सम्म ७ सय ५३ भन्दा बढी महिलाहरुलाई अस्पताल लगेर ज्यान जोगाएको छु अहिले पनि ति सामाजिक सेवका दिन याद आउँछ, ‘हरेक निर्वाचनमा आम जनताले दिएको अपार माया रहेको र विगतका दिनमा भएका निर्वाचनामा हेर्ने हो भने, मैले काँग्रेसलाई पछि पारेको थिए, त कहिले एमालेलाई पछि पार्न सफल भएको थिए अहिले सम्म ४ पटक चुनाव लडिरहँदा आम जनताले दिएको सम्मानजनक मतमैले पाएको हुँ’ आफनो अमिट छाप राख्न सफल भएको छु’ अहिले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीमा बिभिन्न व्यक्तीत्वहरु बुद्धिजिवीहरुको आगमन भएको छ ।

देशैभरमा रहेका बिभिन्न व्यक्ति पार्टीमा आएपछि अहिले आफनो पार्टीले भ्रष्टाचारका विरुद्धमा राजनैतिमा भएको बेतिथी बिसंगतीको अन्त्य गर्नका लगि र समाजमा विकासको मुल ल्याउनका लागि सबैले मिलेर देश विकासमा सहयोग गर्न म आग्रह गर्दछु । अहिले पनि मतका लागि भरदैलो अभियान गरिरहँदा मैले आफनो परिचय दिँदा सबैबाट स्नेह पुर्ण व्यवहार देखाउने र आम जनताले यो पाली हामी जित्छौ भनेर भन्दा आफुले गरेका सेवा भावना, विकासका काम, जनताको मनमा रहेको माया ले नै आफु यो निर्वाचनमा जित्ने बलियो आधार हो । म पार्टीको कार्यकर्ता हो मेरो उम्मेदवारी भनेकै भ्रष्टाचारीको अन्त्य गर्ने अहिले पनि हेर्नेहो भने देशमा ठुलाठुला व्यक्तीहरुलाई कारवाही नभएको अवस्था रहेको छ ।

कहिले सम्म यो देशलाई चुडेर खाने रु भ्रष्टाचारमालाई राष्टिय सहमतीमा चलाईएको छ । देशमा भ्रष्टाचारका ठुलाठुला काण्ड भए खोई कस्लाई कारवाही भयो त रु यो बिक्रीती विसगतीलाई तोडनका लागि मेरो उम्मेदवारी हो र साथै युवा जमात यतिखेर विदेश पलायन भएको अवस्थामा अरुको देशमा गएर आफनो जवानी आफनो मिहिनेत गरेर अर्को देश निर्माण गरिरहेका छन् आफनो देश बनाउन छाडेर अर्को देशमा विकास गरिरहेका छन ति युवाहरुलाई देशमा रोजगारी सिर्जना गरेर देशमा स्वरोजगार गराई जिवन उसको परिवारको जिवन धान्नका लागि चाहिने सबै व्यवस्था देशमा गराउने तथा शिक्षामा पनि सबै व्यवस्था प्राविधिक स्तरको दिने, १२ सम्म शिक्षा पूर्णरुपमा निशुल्क दिने गुणस्तरीय व्यवस्थामा लैजाने र निजी बिधालयहरुले दिईरहेको जस्तो सेवासुविधा सरकारी बिधालयमा प्रदान गरेर गुणस्तरीय शिक्षा दिएर अब आउने युवाहरुको भविश्यलाई उज्वल बनाउने योजना रहेको छ ।

शिक्षाले नै हो देश बिकास गर्ने त्यो भएर शिक्षामा विषेश जोड दिएर आफनो भविश्यलाई स्वरोजगार बनाएर विदेशिने युवाहरुलाई देशमा रोक्ने योजना रहेको छ । साथै विकास निर्माणका योजनामा पनि गुणस्तर दिनका लागि सबै योजनाहरुमा बिषेश जोड दिएर जनतामुखी योजना ल्याउने, जिल्लामा रहेको डुवानका समस्या बाढीका समस्यालाई प्राबिधिक टोली खटाएर त्यसको निवारण गर्ने आफनो योजना रहेको छ । साथै घाँडीघाँचमा रहेका जनतालाई विगतका दिनमा स्वच्छ पानी दिनका लागी १ सय २० फिट कुवा खनेर जनतालाई स्वच्छ पानीको व्यवस्था गरेको छु । पछिल्ला चुनावमा देखिएका मतले पनि जनताले देखाएको मायाले र पार्टीले गरेको विकास र पार्टीलाई हेर्ने जनताको दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनले गर्दा आफनो पार्टीले जित्ने आधार बलियो रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.