महेन्द्रनगर । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने चुनावका लागि आयोगले तयारी पूरा गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। उनले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न पनि आह्वान गरेका छन्।
‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकाले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकारको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदाताहरूलाई हार्दिक आह्वान गर्दछु,’ उनले भने। मतदानको दिन सञ्चारकर्मी, पर्यवेक्षक, अनुगमन लगायतका सवारीसाधनलाई अनुमति लिनुनपर्ने व्यवस्था गरेको छ। यस्तै आयोगले मतदान अधिकृत र कर्मचारीलाई कर्तव्य पालना गर्न नदिने, मतदाताका बाटो छेक्ने, बुथ कब्जा गर्न खोज्ने, मत संकेत सार्वजनिक गर्ने, अधिकारबिना मतदान गर्न खोज्ने लगायत कार्य गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।
शुक्लाफाँटा खबर
6604 posts
Comments are closed.