महेन्द्रनगर । कैलालीमा चोरी आरोप लागेका गोदावरी नगरपालिका १० को खमौराबाट भक्तबहादुर बिक हतकडी सहित फरार भएका छन् । भारतबाट नगद र सुनका गरगहना चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको उनी गोदावरी नगरपालिका १० को खमौराबाट उनी हतकडीसहित भागेका हुन् ।
कार्तिकको अन्तिम सातामै भागेकोमा उनी अहिलेसम्म फरार छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका १० को खमौराबाट भक्तबहादुर बिक हतकडीसहित भागेका थिए । तर प्रहरीले गोदावरीको जंगलमा उनलाई लगाएको हतकडी फेला परेपनि उनी अझै नभेटिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले भारतस्थित राजस्थानको जोतपुरबाट चोरी गरेको आरोपमा घरबाट पक्राउ गरेर हतकडी लगाइएका बिक स्थानीयको अवरोधका कारण भागेको बताए ।
जोशीकाअनुसार महिलाहरुले प्रहरीमाथि हातपात गरेपछि बिक हडकडीसहित भाग्न सफल भएका थिए।गोदावरीको स्थानीय जंगलमा हतकडी फेला परेपनि बिक नभेटिएको डीएसपी जोशीले बताए ।
Comments are closed.