महेन्द्रनगर । बाजुरामा संघ र प्रदेशको मतगणना पुन सुचारु भएको छ। प्रतिनिधि सभाको बिहानबाट र प्रदेश सभाको दिउँसोबाट रोकिएको दुबै मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले जनाएको छ। राजनितिक दल सँगको सहकार्यमा रोकिएको मतगणना सुचारु भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ।
प्रतिनिधि सभाको मतगणना गर्ने क्रममा एउटा बुथको मत पेटिकामा रेकर्डमा राखिएको भन्दा बढी मत पाइएपछि एमालेले विरोध जनाएको थियो।कांग्रेस महामन्त्री बद्री पाण्डेको गृहपालिका हिमाली गाउँपालिका–६ धिममा मुचुल्काभन्दा ३० मत बढी पाइएपछि विवाद भएको हो। रेकर्ड भन्दा बढी रहेका मत गणना नगर्ने सहमतिपछि विवाद मिलेको छ। यसैगरी, प्रदेश सभा २ को पनि एक बुथको मतमा विवाद भएको थियो। बुढीगंगा–३ को मतदान केन्द्रमा मुचुल्कामा ३ सय ५० रहेकोमा कम्प्युटरमा इन्ट्री २ सय ५० भएको थियो।
प्राविधिक त्रुटीले त्यस्तो भएको निष्कार्षपछि फेरि मतगणना थालिएको हो। बिहानको मतपरिणामअनुसार नेपाली कांग्रेसका बद्री पाण्डेले ५३९९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कर्ण थापाले ४१३० मत प्राप्त गरेका छन्। प्रदेश सभा १ मा एकीकृत समाजवादीका नरेश शाही र प्रदेश सभा २ मा एमालेका लालबहादुर थापाले अग्रता लिइरहेका छन्।प्रदेश क मा ६ हजार ६ सय २७ मतगणना हुदा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मिको २३ सय ८३ रहेको छ । एकृकित समाजवादीका नरेश शाहीले ३७ सय ४३ मत पाएका छन् । यी दुई बिच १३ सय ६० मतान्तर छ।माओवादी केन्द्रका कर्ण बहादुर बिकले ३ सय २५ पाएका छन् । १ सय ७६ मत बदर रहेको छ ।बाजुराको पछिल्लो मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेको अग्रता रहेको छ । नेकपा एमालेका उम्मेदवार लाल ब.थापा–३४४५ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीको–२५५४ मत रहेको छ । ६ हजार ९५ मतगणना भइसकेको छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब, शाहीले ९ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल–३ मत प्राप्त गरेका छन । ८४ मत बदर भएका छन् ।
शुक्लाफाँटा खबर
5101 posts
सम्बन्धित