दार्चुलामा भीरबाट खसेर दुई जनाको मृत्यु

महेन्द्रनगर । दार्चुलामा भीरबाट खसेर २ जनाको मृत्यु भएको छ । जिल्लाका छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरी र महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको मृत्यु भएको हो । ऐरीको मंगलबार राति बंतडको भीरबाट खसेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार लाली बजारतर्फ आउदै गर्दा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा खसेका थिए । यस्तै बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ ।

हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उनी कल्चौडे खोलामा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । उनी पसलको डिलमा बसेर घाम तापिरहेका बेला भिरमा खसेको प्रहरीको भनाई छ ।

सम्बन्धित

Comments are closed.